पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन सुरु

चितवनको इच्छाकामना–६ जलबिरेमा पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । शनिबार बिहान ४ बजेदेखि पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी सडक सञ्चालन भएपछि सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रहरी कार्यालय मुग्लिनको अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार सोहीमा ठाउँ पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।