काठमाडौं , १६ साउन । नेपाल सरकारले महिलाका नाममा जग्गादर्ता गर्दा राजश्वमा समेत छुट दिएकाले महिलाका नाममा जग्गादर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । महिलाका नाममा जग्गादर्ता गरेमा २५ प्रतिशत राजश्व छुट हुने सरकारि प्राबधान रहेको छ ।
मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दका अनुसार पछिल्लो समय बैतडीमा महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार अघिल्लो आवमा ६६ जना महिलाका नाममा लालपुर्जा बनेकोेमा आर्थिक वर्ष २०७६÷७७ मा ९१ जना महिलाका नाममा लालपुर्जा बनेको छ । महिलाको नाममा जग्गादर्ता गरेबापत दुई लाख ७७ हजार राजश्व छुट भएको छ ।
नेपालको संविधान, २०७२ को धारा, ३८ को उपधारा, ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको पनि समान हक हुने कुरा उल्लेख गरिए पछि महिलाको पनि सम्पत्तिमा पहुँच पुग्न थालेको हो । २०६७ सालदेखि संयुक्त रुपमा पुर्जा बनाउने अभियान नै शुरु भएयता पछिल्लो समयमा महिलाका नाममा लालपुर्जा बनाउनेको सङ्ख्या बढ्दै गएको हो