पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७ स ८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । अाज पाटन अस्पतालमा ६५ वर्षकी एक महिलाको उपचारका क्रममा ज्यान गएकाे छ ।