कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ। प्रदेश-१ को कोशी अस्पतालका थप तीनजना चिकित्सकसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले समेत विराटनगर महानगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ भने शंका लागेमा परीक्षण गरान समेत अनुरोध गरेको छ।
कोशी अस्पतालमा शंका लागेर पीसीआर टेष्ट गराउँदा चिकित्सकसहित १० जनामा कोरोना पोजिटिभ देखिएको हो।