साउन १६, काठमाण्डाै – पाटन अस्पतालमा उपचार गराइरहेकी एक कोरोना सङ्क्रमित महिलाको ज्यान गएकाे छ । उहाँको बिहान ज्यान गएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताउनुभयाे ।
अस्पतालका निर्देशक शर्माका अनुसार ६५ वर्षीया महिलाको ज्यान गएकाे हो । उहाँका अनुसार कोरोना सङ्क्रमणसँगै ती महिलालाई उच्च रक्तचापकाे समस्या पनि थियो ।
स्टार अस्पताल सानेपामा कोरोना परीक्षण भएको र रिपोर्ट पोजेटिभ आएपछि उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियाे ।
[sidebar name="button post"]