दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिनेमा अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा २६ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गए राति ३ बजेतिर पहिरोले घरमाथिको कान्ला भत्केर आधी घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । आधा घर मात्रै पुरिएकाले घरका अन्य सदस्य सकुशल रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
यस विषयमा थप विवरण आउन बाँकी छ ।