सुन तोलाको ५०० ले बृद्धि

नेपालमा सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले निर्धारण गरेको छ ।

एकै दिन बुधबार सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

[sidebar name="button post"]