साउन ६ । काठमाण्डौको टोखामा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । टोखा नगरपालिका १ पासिडाँडामा आज दिउँसो आएको पहिरोमा परी सोही ठाउँ बस्ने राजकुमार रानामगरका ३ वर्षीय जुम्ल्याहा छोरा छोरी सचिन रानामगर र सन्ध्या रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा पुरिएको ठाउँबाट शव निकालेको हो ।