नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नजिक

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नजिकसाउन ६ । नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नजिक पुगेको छ । पछिल्लो १४ घण्टामा १ सय ५० थपिएपछि कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । यो कुल संक्रमितको ६९ दशमलव ३४ प्रतिशत हो ।

नेपालमा अहिले ५ हजार ४ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै २१ हजार ७ सय ४ जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् ।