भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

साउन ४ । भान्जाको अपहरण गरी हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फपुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उनलाई सर्लाहीको मलङ्गवा नगरपालिका ८ गोरखकालीबाट पक्राउ गरेको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो । अभियुक्तले दुई लाख ५० हजार फिरौती मागेका थिए । पछि दुई लाख रुपैयाँमा कुरा मिलेको थियो ।

यद्यपि अभियुक्त आफैले फिरौती बापतको दुई लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको एसएसपी लामाले बताउनुभयो । शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उहाँले जानकारी दिनुभयो ।

घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले गएको मङ्सिर १२ गते पक्राउ गरेको थियो । उनको बयानको आधारमा गुप्ताको खोजी भइरहेको थियो । २०६४ असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्ता भान्जालाई राजेशकुमार मामाले अपहरण गरी हत्या गरेका थिए ।

[sidebar name="button post"]