सोमबारदेखि केहि दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

साउन ४ । न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मनसुनी वायु सक्रिय भएको छ । काठमाण्डौ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी पर्दै, एकैछिन रोकिदै अनि फेरी पर्दै भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले भैरहेको वर्षा मध्यम खालको छ । मुख्यगरी वाग्मती, प्रदेश २, ५ र गण्डकीका धेरै ठाउँमा वर्षा भएको छ ।

आजरातिदेखि भने अझै वर्षा थपिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सोमबार बिहानदेखि केहि दिन मनसुन थप सक्रिय भएर थप वर्षा गराउने विभागले जनाएको छ ।

कतिपय स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । त्यसैले बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन अनुरोध गरिएको छ ।