कांग्रेस नेता कोइराला अस्वस्थ

चितवन: नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएको छ ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहनुभएका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका छन् । उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उन अस्वस्थ भएका छन् । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले कोइरालाको दिमाख (ब्रेन) मा रक्तप्रवाह कम भएको बताए । चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ ।

आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिए । अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ ।

[sidebar name="button post"]