सडक बिनाको विकास सम्भव छैन : पूर्वमन्त्री बस्नेत

काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सडक बिनाको विकास सम्भव नहुने बताए ।

गाउँ क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सडक विस्तार गर्न आवश्यक रहेको उनले बताए । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको संयुक्त निर्वाचन परिचालन समितिको भेलामा पूर्वमन्त्री बस्नेतले विकासका काममा सहरभन्दा गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी दिनमा जिल्लाका हरेक गाउँमा सडक सञ्जालको निर्माण गर्न लागिपर्ने बताए । विगतमा सिन्धुपाल्चोकमा आफूले आपतविपद्का समयमा गरेको सहयोगको स्मरण गर्दै पूर्वमन्त्री बस्नेतले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

आसन्न निर्वाचन नजिकिएसँगै हाल सिन्धुको माहोल गठबन्धनमय बनेको छ । विगतमा क्षेत्र नं २ मा निर्वाचित सांसदले गरेको कामभन्दा अहिले पनि पनि मैले धेरै र महत्वपूर्ण काम गरेको छु । निर्वाचित भएपश्चात सिन्धुको विकासका काममा तीव्रता दिनेछु । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज माधव सापकोटाले देशमा आर्थिक समृद्धि गर्नुपर्ने बताए ।

गठबन्धनले पाँच वर्ष नेतृत्व गर्दा विकासले मुहार फेर्नेछ । योजनाबद्ध तरिकाले दीगो विकासतर्फ हामीले आगामी दिनमा त्यसतर्फ ध्यान दिनेछौँ । बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुुलालले मन्त्री हुँदा धेरै विकासका काम गरेको जानकारी गराए ।

उनले अधुरा काम बाँकी रहेको भन्दै पुनः एकपटक नेतृत्वमा पुग्न इच्छा भएको बताउनुभयो । पूर्वमन्त्री दुलालले ठूला कामसँगै जनताका मसिना काममा पनि उत्तिकै ध्यान पुर्याउनुपर्ने भन्दै परिणाममुखी जनसेवामा आफू समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

[sidebar name="button post"]