भूमेमा पहिलो पटक ग्रामीण सडक कालोपत्र हुँदै

रुकुम पूर्व: रुकुम पूर्वको भूमे गाउँपालिकाको सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको छ ।

गाउँपालिकामा धेरै ठाउँमा सडकको ट्र्याक खोलेको भए पनि पहिलो पटक सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको हो । स्थानीय पूर्वाधार विभाग, ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)को आयोजना र एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रको हुने गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिए ।

सडक मर्मतका लागि सम्पूर्ण काम सकिएर अन्तिम वातावरणीय सार्वजनिक परीक्षण पनि गरिसकिएको र अब छिट्टै ठेक्का प्रक्रियामा लैजाने तयारीमा रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ । उक्त सडकखण्डमध्ये हाल सिसाघारी–सीमा–झुम्लाबाङ छ किलोमिटर सडक कालोपत्र हुने भएको हो ।

सडक कालोपत्रका लागि बजेट रु २१ करोड ६० लाख ४१ हजार ६ सय ९४ रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै सडकको चौडाइ पाँच दशमलव २५ मिटरको कालोपत्र हुने पनि उनले जानकारी दिए।

[sidebar name="button post"]