आजको मौसम कहाँ कस्तो रहला ?

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ।

हिजोबाट नेपालबाट मनसुन बाहिरिएसँगै कुनै पनि प्रणालीको प्रभाव नेपालमा नरहेको हो। यतिबेला देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

[sidebar name="button post"]