जाडो मौसममा छाला किन सुख्खा हुन्छ ?

काठमाडौं: हाम्रो शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बद्लिदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः रुपमा देखा पर्दछ । अझ भनौँ बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भागमा रहेको छालामा देखा पर्दछ ।

 जसकारण, विभिन्न समस्या देखिन्छन् । छाला सुक्खा तथा रुखो हुँदै जान्छ । सबैभन्दा बढी एक्सपोज हुने भाग, जस्तैः अनुहार, हात, खुट्टामा सुक्खापन ज्यादा देखिन्छ । छाला फुट्ने, कडा हुने वा एलर्जीजस्ता समस्या देखिन्छन् । छालालाई मुलायम तथा चम्किलो बनाउने उत्पादन ग्रन्थीको रक्तसञ्चारमा कमी आउने भएकाले सुक्खापन जाडोमा ज्यादा देखिने हो । त्यसैले यस मौसममा छालाको स्याहारमा ध्यान दिन आवश्यक छ ।

गर्मी महिनामा आद्र तापक्रम हुन्छ जाडोमा सुख्खा खालको हुन्छ । हाम्रो शरीरमा हुने होमियोथर्मिक मेकानिजम भन्छौं जाडो महिनामा शरीरभित्र आफैं ताप जोगाइरहेको हुन्छ । त्यसैले जाडोमा पसिना पनि आउँदैन । जाडो मौसममा हाम्रो शरीरको आफ्नो तापक्रम तथा बाहिरको तापक्रमले छालाहरु सुख्खा हुन्छ ।

के गर्ने ?

  •  जाडो छल्नका लागि प्रयोग गरिने हिटर, एसी वा आगो ताप्दा छाला सुक्खा हुने जोखिम रहन्छ । यसबाट बच्न मोस्चराइजरको प्रयोग गर्न सकिन्छ ।
  •  छाला सुक्खा हुन नदिन खानपानमा ध्यान दिनुपर्ने हुन्छ । झोलिलो खानेकुरा बढी खानुपर्छ । एभाकाडो, ओखर, ओलिभको तेललाई दैनिक रूपमा कुनै न कुनै खानासँग मिसाएर खानु राम्रो हुन्छ ।
  •  धूम्रपान, मध्यपान र क्याफिनयुक्त खानेकुराबाट टाढा रहनुपर्छ ।
  •  जाडो मौसममा शरीरलाई प्रशस्त पानी आवश्यक हुन्छ । दैनिक कम्तीमा दुई देखि तीन लिटर पानी अनिवार्य रूपमा पिउन आवश्यक हुन्छ । पानीले शरीरमा रहेका विकारयुक्त वस्तु बाहिर निकाल्नुका साथै छालालाई स्वस्थ राख्छ ।
  •  चिसो मौसममा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । तर, अघिल्लो वर्ष थन्क्याएर राखेका लुगा सीधै प्रयोगमा ल्याउनुहुँदैन । दराजमा लामो समयसम्म राखेका लुगा सीधै प्रयोगमा ल्याउँदा छालामा एलर्जी हुन सक्छ । यस्ता कपडा सुकाएर, आइरन गरेर वा धोएर मात्र प्रयोगमा ल्याउनुपर्छ ।

कारणहरु

हाम्रो छाला सुख्खा हुन नदिनका लागि जति पानीको आवश्यक पर्छ त्यति नै तेलको पनि । तसर्थ जाडोयाममा जति पनि छालासम्बन्धी समस्याहरु देखापर्छन् ती सबैको मुख्य कारण भनेकै छालामा तेल र पानीको असन्तुलन हुनु हो । तसर्थ यसबाहेक छालामा देखा पर्ने समस्यालाई बढावा दिने अन्य कारक तत्वहरु निम्न रहेका छन् :

बाहिरी वातावरण एवम् शरीरमा आद्रता (ह्युमिडीटी) को कमी हुनु

–शरीरले उत्पादन गर्ने तेलको कमी

–आगो एवम् हिटरको अत्याधिक प्रयोग

–पानीको कम उपभोग

–वंशाणुगत गुण

–छाला संक्रमण

–र, उचित डाइटको अभाव ।

छाला बढी सुख्खा हुँदा कस्तो असर पर्छ?
सुख्खा छाला छालासम्बन्धी रोगको घर हो। जमिन सुख्खा भयो भने चिरा पर्छ, त्यस्तै छाला सुख्खा हुँदा पनि चिरा पर्छ। छालाको सतहमा ग्याप हुन्छ, जसले गर्दा एलर्जी हुने, चिलाउने समस्या देखिन्छ। यस्तो अवस्थामा हामीले कन्याउने, कोतर्ने, स्क्रब गर्ने गर्छौं। जसका कारण छालामा घाउ–खटिरा समेत आउन सक्छ।

मानिसहरु अनुहारको छाला सुख्खा भयो भने फोहोर होला भनेर फेसवास गर्ने गर्छन्। तर त्यो गलत हो। सुख्खा छालालाई हामी जति पखाल्छौं, जति सफा गर्छौं त्यति नै सुख्खा हुने गर्छ। किनकी सुख्खापनले कत्ला निस्किएको हुन्छ। तर हामी त्यो फोहोर होला भनेर झनै धुन्छौं।

त्यसलाई सफा गर्दा, धुँदासम्म त राम्रो हुन्छ, शरीरले चिल्लोपन निकाल्छ, तर पछि झन् सुख्खा बढ्दै जान्छ। सुख्खा भयो भने छालालाई रंङ दिने मेलानोसाइड उत्तेजित हुन्छ। जसले गर्दा जाडो मौसममा चाया–पोतोको समस्या पनि बढेर जान्छ।

[sidebar name="button post"]