प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज

कैलाली : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज गरिएको छ ।

उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

‘उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौं’, उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन ।’

उजुरीमाथि छानबिन गर्दा निवेदकको दाबी नपुगेकाले मनोनयन स्वीकृत गर्ने निर्णय भएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको उनले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार देउवाविरुद्धको उजुरी खारेज गरेका जनाएको छ । नागरिकता र मतदाता नामावलीमा देउवाको जन्म मिति फरक फरक रहेको भन्दै सोमबार कर्ण मल्लले देउवा विरुद्ध उजुरी दर्ता गरेका थिए । नागरिकतामा देउवाको जन्म मिति विसं २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्म मिति २००२ साल जेठ ३१ गते रहेको थियो ।

[sidebar name="button post"]