कञ्चनपुर: नेपाली कांग्रेस कञ्चनपुरले सत्ता गठबन्धनका उम्मेदवारहरुविरुद्ध नलाग्न कार्यकर्तालाई कडा निर्देशन दिएको छ।
जिल्ला कार्यसमितिका सचिव भीम भट्टले मंगलबार विज्ञप्ति जारी गर्दै वाम-लोकतान्त्रिक गठबन्धनका आधिकारिक उम्मेदवारबाहेक अन्यको पक्षपोषण नगर्न निर्देशन दिएको हो।













