काठमाडौं: संयुक्त अधिराज्यको वेल्स ब्रेकनमा सञ्चालन भएको युद्धकालीन सैन्य अभ्यासमा नेपाली सेनाले रजत पदक जितेको छ।
[sidebar name="button post"]
काठमाडौं: संयुक्त अधिराज्यको वेल्स ब्रेकनमा सञ्चालन भएको युद्धकालीन सैन्य अभ्यासमा नेपाली सेनाले रजत पदक जितेको छ।
संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन गस्ती अभ्यास-२०२२’मा नेपाली सेनाले रजत पदक प्राप्त गरेको छ। उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट सेनानी बलबहादुर आलेको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ४ गते बेलायत प्रस्थान गरेको थियो।
वेल्सको ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका ८४ र नेपाल समेत अन्य २४ देशका गरि कूल एक सय ११ सैन्य टोलीहरूको सहभागिता रहेको थियो ।
युद्धकालीन विशेष परिस्थितिहरुको कल्पना गरी दुस्मनका गतिविधि समेटेर सञ्चालन गरिने विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरुको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्यांकन गरिन्छ।
अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूको दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण एवम् बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ।
