राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने भएकी छिन्।

असोज १९ गते (विजया दशमीको दिन) विशिष्ट व्यक्तिले टिका लगाउने समय १ घण्टा छुट्याइएको छ। यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।

यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजे सम्मको समय निर्धारण गरिएको छ। President_Tika_Schedule1664449858.jpg

[sidebar name="button post"]