धनुषा: नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका छन् ।
धनुषाको शहिदनगरमा आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका छन् ।
स्रोतका अनुसार नेता यादवलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासनसहित पार्टी प्रवेश गराएका छन् । धनुषा २ बाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उम्मेदवार बनाउदैछन् ।
असोज ८ मा धनुषामै आएर एमाले अध्यक्ष केपी ओलीले अरगरियालाई भित्र्याएपछि नेता यादव रुष्ट थिए । ओलीले अरगरियालाई उम्मेदवार बनाउने भएपछि नेता यादव एमाले परित्याग गरे ।
सो क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराएपछि गंगाराम असन्तुष्ट बनेका थिए । उनले पार्टी सिद्धान्त विचार भन्दा बाहिर गएर व्यक्तिवादी ढंगले सञ्चालन भइरहेको भन्दै गत असोज १० गते एमाले परित्यागको घोषणा गरेका थिए ।









