१३ असोज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । आज एकै दिनमा ५४० जनामा डेंगु संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ भने साउन यता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । त्यस्तै, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण भेटिएका छन् ।
[sidebar name="button post"]









