बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक

हेटौंडा: बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । पाण्डद्वयकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत आमा पाण्डेको निधन भएको बताएका छन् । उनले ट्वीटरमा लेखेअनुसार कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । खबर पाएलगत्तै आफू चितवनबाट काठमाडौं हिँडेको पनि उनले लेखेका छन् । उनी काठमाडाैं फर्केसँगै चितवनका उनी सहभागी हुने राजनीतिक कार्यक्रमहरू प्रभावित भएका छन् ।

 उनको आजै पशुपति आर्यघाटमा अन्त्यस्टी गर्ने कार्यक्रम छ । मुख्यमन्त्री र नेता पाण्डेले आफ्ना राजनीतिक कार्यक्रम सबै स्थगित गरेका छन् ।

[sidebar name="button post"]