काठमाडौँ: नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बिहान ८ बजे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रूपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै कांग्रेसको कोइराला पक्ष आन्दोलित छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध कोइराला समूहले बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो।
[sidebar name="button post"]









