काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधान दिवसकै दिनमा आयोगले तोकेको समय सीमाभित्र समानुपातिकतर्फको सूची आयोगमा उत्साहपूर्वक दर्ता गरिएको जानकारी दिए ।
बन्दसूची दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “सङ्घमा समानुपातिकतर्फ ११० जनाको र सातै प्रदेशमा, नेपाली कांग्रेसको संसदीय बोर्डको निर्णय र आजै बसेको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम बुझाएका छौँ । प्रतिस्पर्धामा त गइरहेकै छौँ, यो अवसरलाई उपयोग गरेर आफ्नो अभिमत जोहेर गर्न अपिल गरेका छौँ र कांग्रेसलाई नेपाली जनताले मत दिएर विजयी गराउँदै हुनुहुन्छ भन्नेमा विश्वस्त छौँ ।”






[sidebar name="button post"]









