काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् ।
प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरूले बताएका छन्।
गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो। त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन।
[sidebar name="button post"]









