टुकुचा उत्खनन अभियान नरोकिने संकेत गर्दै बलेनले लेखे कविता

काठमाडौं: टुकुचा ‘खोला’ उत्खननमा जोडतोडका साथ लागेका काठमाडौंका मेयर बालेन्द्र शाहले यस विषयमा कविता लेखेका छन्।

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरे पछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै आएका छन् । उनको कविताले टुकुचा उत्खननको अभियान नरोकिने संकेत गरेको छ।

यस्तो छ बालेन्द्र शाहले लेखेको कविता :  

ऊ हराएको छैन
ऊ बगिरहन्छ
तिम्रो सास रहेसम्म
तिम्रो आस रहेसम्म
तिम्रो अर्थी सेलाइन्जेल
हाम्रो लास बहेसम्म
निरन्तर, निर्विरोध, निर्दोष
यो धर्ती, आकाश रहेसम्म।

[sidebar name="button post"]