वीर अस्पताल परिसरमा महानगरको डोजर चल्ने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको अवैध संरचना भत्काउने भएको छ ।

 आज दिउँसो १ बजे वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काउने महानगरको योजना छ। बुधबार २४ घण्टे अल्टिमेटम दिएर आज अवैध टहरा र फार्मेसीमा हस्तक्षेप गर्न लागेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो । कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो । वर्षाैदेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो ।

बगैंचामा सटरसहितको टहरा बनाएकोले हटाउन लागिएको जानकारी दिंदै कामपा प्रहरी प्रमुख (एसपी) राजुनाथ पाण्डेले बताएका थिए । वडा नम्बर २७ का वडा अध्यक्ष योगेश खड्गीले ती सटरहरू भत्काउन कामपा प्रहरीलाई आग्रह गर्नुभएको थियो । हामीले सबै विवरण बुझेर भत्काउने निर्णय गरेका हौं ।

[sidebar name="button post"]