Ad #144479

काठमाडौँ:  पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

बुधबार खनालले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेका थिए ।  उनलाई पार्टी अध्यक्षओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । खनाल ओली प्रधानमन्त्री हुँदा आइजिपी थिए ।

एमाले मुख्यालय च्यासलमा आज बिहान ११ बजे  उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।

तर, सांसद अपहरणकाण्डमा मुछिएपछि माहोल विग्रिएको थियो । पछि छुट्टै पार्टी गठनमा तम्सिएपनि सफल भएनन् । अन्ततः एमालेमै प्रबेश गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेर उनले आफुलाई टिकट दिन आग्रह गरेका छन् । टिकट दिए चुनाव जित्ने दाबी उनले गरेका छन् ।