काठमाडौं । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दं सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक गत मंगरबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयक पारित गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चालेको भन्दै विरोध भइरहेको छ।
यसैक्रममा बिहीबार बिहान नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतले संयुक्त रूपमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्।
[sidebar name="button post"]











