कांग्रेसले समानुपातिक उम्मेदवारकाे सूची ३ बजे निर्वाचन आयोगमा बुझाउने

काठमाडौँ: नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरुमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।

कांग्रेसको संसदीय समितिको बैठकले समानुपातिक तर्फका उम्मेदवारको सूची प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले बनाइरहेको छ । सो बैठकमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ ।

शीर्ष तहका नेताहरुको बैठक चार दिनदेखि बसिरहेपनि नाममा सहमति जुट्न सकेको छैन । दलहरुले समानुपातिक तर्फको नाम समावेशीताका आधारमा बुझाउनुपर्दछ । बन्द सूचीमा महिलाको संख्या ५० प्रतिशत अनिवार्य गरिएको छ ।

[sidebar name="button post"]