काठमाडौँ: हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’बाट अन्जना बराइली डेब्यु गर्दैछिन्।
मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना यो फिल्ममा अडिसनमार्फत छानिएकी हुन् । उनी फिल्ममा प्रतिष्ठाको भूमिकामा छिन् ।
यसै फिल्मबाट अन्जनासँगै अरुण क्षेत्री पनि डेब्यु गर्दैछन्। उनले फिल्ममा हरिवंश आचार्यको छोराको भूमिका निर्वाह गरेका छन्भने अञ्जनाले मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिका निर्वाह गरेकी हुन् । उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले बताए ।
‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ। एक फिल्ममा छनोट भएको थिएँ तर फिल्म बनेन। त्यसपछि यो फिल्ममा अडिसन दिएँ। मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा खुसी छु,’ उनले भनिन्।
[sidebar name="button post"]









