चाणक्यका १५ भनाईहरु: जसले तपाईंको जिवन सुन्दर बनाउँछ

एजेन्सी। महान दार्शनिक चाणक्यले आफ्नो जिवनकालमा थुुप्रै बहुपयोगी नीतिहरुको प्रतिपादन गरे । उनको यस्तो नीतिले संसारभर प्रसिद्धि पायो भने अहिले पनि यो बहुउपयोगी मानिन्छन् ।

यहाँ हामीले चाणक्यको १५ भनाईहरु उल्लेख गरेका छौँ । जुन दैनिक जिवनका लागि महत्वपूर्ण हुन सक्छन् ।

१. मानिस एक्लै जन्मिन्छ र एक्लै मर्छ । उसले आफूले गरेको सकारात्मक र नकारात्मक कामको फल स्वयम् उसैले भोग्ने गर्छ ।
२. दृष्ट पत्नी, झुटो मित्र, बदमास नोकर र सर्पसँग बस्नु साक्षत मृत्युसँग बस्नु हो ।
३. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् । म यो किन गर्न गइरहेको छु ? यसबाट के परिणाम आउँछ ? के म यो कामबाट सफल हुन्छु ?
४. भगवान मुर्तिमा हुँदैन । तपाईको अनुभूति नै तपाईको ईश्वर हो । आत्मा नै तपाईको मन्दिर हो ।
५. एउटा मुर्ख व्यक्तिका लागि किताव त्यति नै महत्वहीन त जति महत्वहीन हुन्छ एउटा दृष्टिविहिनका लागि ऐना ।
६. जब डर तपाईको नजिक आउँछ, उसलाई आक्रमण गरेर नष्ट गरिदिनु पर्छ ।
७. शिक्षा सबै भन्दा असल मित्र हो । एउटा शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछ ।
८. कुनै पनि व्यक्ति आफ्नो कर्मद्धारा महान हुने गर्छ, जन्मले होइन ।
९. जसरी एउटा सुकेको रुखले पुरै जंगलमा आगो लगाउन सक्छ त्यसैगरि एउटा पापी छोराले पुरै परिवार बर्बाद गरिदिन सक्छ ।
१०. हामीले वितेका पलहरुका बारेमा सम्झेर पछुताउँनु हुँदैन र हुँदैन भविष्यको बारेमा चिन्ता लिनुपनि । विवेकवान व्यक्ति हमेसा वर्तमानमा जितिरहन्छ ।
११. पहिलो पाँच वर्षमा तपाईले आफ्नो बच्चालाई धेरै माया दिएर राख्नुस् । त्यसपछिको पाँच वर्ष डर र त्रासमा राख्नुस् । जब उ १६ वर्षको पुग्छ तब एक मित्रको जस्तो व्यवहार गर्नुस् । तपाईको वयस्क बच्चा नै तपाईको एक असल मित्र हो ।१२.नातेदारको परीक्षा आपत विपतमा गर्नुहोस् । साथी भाईको परिक्षा प्रतिकुल परिस्थितिमा गर्नुहोस् । जब तपाईका दिनहरु राम्रो बितिरहेको छैन भने श्रीमतिको परीक्षा गर्नुहोस् ।
१३. साँपको बिष दाँतमा हुन्छ । झिँगााको मुखमा हुन्छ । बिच्छीको पुच्छरमा हुन्छ । तर एक दृष्ट व्यक्तिको शीर देखि पैतालासम्म बिष नै विष हुन्छ ।
१४. पत्नी वियोगमा पर्नु, आफन्तैबाट बेइजत हुनु, दृष्ट राजाको सेवा गर्नु, गरीवहरुको सभामा बोल्नु, यी सबले बिना आगो नै तपाईलाई जलाईदिन सक्छ ।
१५. पाँच चिज भएको स्थानमा कहिल्यै नबस्नुस् । दैविक शास्त्रले निपुण ब्राम्मण, राजा, नदि, एउटा चिकित्सक, एउटा धनी व्यक्तिसँग कहिल्यै नबस्नुस् ।

[sidebar name="button post"]