दलहरूले २०७४ सालमा समानुपातिकतर्फ बुझाएको बन्दसूची खारेज

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले २०७४ सालमा समानुपातिक निर्वाचनतर्फ बुझाएको उम्मेदवारको बन्द सूची खारेज गरेको छ ।

आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको हो ।

‘आयोगले गरेको उक्त निणर्यको जानकारी प्रतिनिधिसभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निणर्य समेत गरेको छ’ विज्ञप्तिमा भनिएकाे छ  । २०७४ को बन्दसूचीमा १८ हजार जनाको नाम सूचीकृत थियो ।

[sidebar name="button post"]