ओलीले सांसदलाई गरे बिदाइ, निर्वाचनमा चमत्कारिक परिणाम आउने गरी काम गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।

एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउनेगरी खटिन निर्देशन समेत दिए ।

संकटका बेला पार्टी साथ दिएको भन्दै उनले अगाडि भनेका छन्, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउजे प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी सांसदमा आउँदैनौं ।’

 ‘हामीबाट कुनै प्रकारको असन्तुष्टि देखिएर अरुले सम्झाउनेगरी होइन,उच्चस्तरको सांस्कृतिक उचाई राखेर अघि बढ्नुपर्छ’, ओलीको भनाइ उदृत गर्दै नेता खिमलाल भट्टराईले भने, ‘हामी आन्दोलन छोडुवा र पार्टी फोडुवा होइनौं ।’ अध्यक्ष ओलीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा भएको पनि बताएका छन् ।

[sidebar name="button post"]