काठमाण्डाै – फ्रान्सले नेपाललाई कोरोना महामारी विरुद्धका सामग्री बोकेर विशेष जहाज काठमाण्डौ आएको हो ।
फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिनुभएको छ ।
[sidebar name="button post"]











