साताको सुरुवात देखि नै निरन्तर उकालो लागेको सुनको मूल्य बुधबार भने स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार स्थीर बनेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३६० रुपैयाँ कायम गरिएको छ ।
मंगलबारको तुलनामा बुधबार चाँदी तोलाको १० रुपैयाँले घटेको हो । मंगलबार सुनको कारोबार सोही मूल्य भएपनि चाँदी भने प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
[sidebar name="button post"]











