प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।
काठमाण्डौको शंखरापूर नगरपालिका वडा नं १ चाँपावोटस्थित श्री चाँपावोट माध्यमिक विद्यालयले भोलि ४० औंं वार्षीक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
नेकपाको माधव प्रचण्ड पक्षले भावी सरकार गठनका लागि संसदको तेस्रो ठूलो जनता समाजवादी पार्टीसँग छलफल गरेका छन्। नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ ।
शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।