१३ फागुन, काठमाण्डौ। प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए। पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने छ ।
सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन्।
[sidebar name="button post"]









