काठमाण्डौको चाँपावोटस्थित श्री चाँपावोट माध्यमिक विद्यालयले ४० औंं वार्षीक उत्सव मनाउँदै

१३ फागुन, काठमाण्डौ । काठमाण्डौको शंखरापूर नगरपालिका वडा नं १ चाँपावोटस्थित श्री चाँपावोट माध्यमिक विद्यालयले भोलि ४० औंं वार्षीक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

सो कार्यक्रममा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहने भएको छ। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु,पूर्व प्रधानाध्यापक लगाएत विद्यालयलाई योगदान पुर्याउनु भएका व्यक्तिलाईइ सम्मान गरिने छ । कार्यक्रममा चर्चीत हास्य कलाकार खड्गबहादुर पुन( खबपु),गायक भिमसेन खतिवडा, गायिका राधिका ढकाल लगाएत स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहने पनि उहाँले जानकारी दिनुभयो ।

भोलि बिहान ११ बजे देखि हुन लागेको सो कार्यक्रममा ‘अङ्कुर’ नामको स्मारिका समेत बिमोचन समेत गर्न लागिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पूर्णमान लामाले जानकारी दिनुभयो । वार्षीक उत्सव कार्यक्रममा विद्यालयमा भईरहेका गतिविधिको जानकारी समेत गराउने अध्यक्ष लामाले बताउनु भयो।

सो कार्यक्रममा समग्र विद्यालयसँग जोडिएका विद्यार्थी,अभिभावक सरोकार वाला सबैलाई विद्यालयको वार्षीक उत्सव कार्यक्रममा उपस्थित हुन पनि अध्यक्ष लामाले अनुरोध गर्नुभएको छ ।

[sidebar name="button post"]