कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

२४ घण्टामा देशभर थप ९४ जनामा कोरोना संक्रमण, ७१ जना निको, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पशुपतिमा तत्काल जलहरी नराख्न सर्वोच्च अदालतको आदेश

पशुपतिमा तत्काल जलहरी नराख्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

विमानस्थल चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने

चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुनेछ।

कांग्रेससँग मिलेर जाने प्रचण्ड-नेपाल समुहको प्रस्ताव

नेपाली कांग्रेससँग मिलेर जाने नेकपा प्रचण्ड-नेपाल समुहले प्रस्ताव गरेको छ । बुधबार दिउँसो कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् ।

देशभर नेकपाको खुशीयाली जुलुस

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिने स्थायी कमिटीको निष्कर्ष

नेकपा ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएकाे छ ।

लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै लगाए कोरोना रोग विरुद्धको खोप

नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड)को पहिलो डोज लगाएका छन् ।

१३ दिनभित्र राजीनामा नदिए प्रधानमन्त्रीलाई गलहत्याएर निकाल्ने चेतावनी : पम्फा भुसाल

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।

लोकतन्त्रमा जीतहारको फैसला निर्वाचनबाट हुने : मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने बताउनुभएको छ ।

प्रयोगविहीन बन्दै लाखौं मूल्यका उपकरणहरु

नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा र बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो ।

सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले ‘धुर्मुस –सुन्तली फाउण्डेसन’लाई आर्थिक सहयोग

 ललितपुर, सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले ‘धुर्मुस –सुन्तली फाउण्डेसन’लाई रु २ लाख सहयोग गरेका छ ।

पाण्डवखानीमा पहिलोपटक केन्द्रीय विद्युत् सेवा सञ्चालन

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पाण्डवखानीमा केन्द्रीय विद्युत् सेवा सञ्चालन गरेको हो ।

मानवाधिकार उल्लङ्घनका गम्भीर घटनालाई आममाफी नहुने

मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ ।

चीनले ल्यायो नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।

सङ्क्रमणको संख्या बढेसँगै नेदरल्याण्डमा कफ्र्युको समय बढाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि बढाइएको जनाएका छन् ।

सरकार गठनको तीन वर्ष पूरा : सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको यही फागुन महिनामा तीन वर्ष पूरा भएर चौथो वर्ष लागेको छ । नेपालको राजनीतिक इतिहासमा नयाँ व्यवस्थाको रुपमा रहेको सङ्घीयता कार्यान्वयन गर्ने सिलसिलामा प्रदेश सरकारले विभिन्न चुनौतीका बाबजुद जनअपेक्षाअनुसारको काम सञ्चालन गर्ने प्रयत्न गरिरहेको छ ।

जेठको दोस्रो साताभित्रै एसईई सक्ने परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ ।

सुनको मूल्य तोलामा रु ३०० ले ओरालो, तोलाको कति पुग्यो ?

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।

कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा

कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।

कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका कैलालीका छोरीहरू

विभिन्न संस्कार र घरको कामको बोझ थुपारेर छोरीहरू शिक्षा लिनबाट बञ्चित भइरहेका छन् । छोरीलाई घरको काम बढी लगाइँदा वा पढ्ने उमेरका छोरीहरूको श्रमलाई आम्दानीसँग जोड्दा छोरीको शिक्षामा असर परेको छ ।

एन्फा र गङ्गालाल अस्पतालबीच खेलाडीको स्वास्थ्य परीक्षणका लागि सम्झौता

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ ।

शिक्षक अभावमा प्रयोगात्मक सिकाइ हुन नसक्दा कवाडी बन्दै कम्प्युटर

भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका / दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् ।

बङ्गलादेशले कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा अप्रिल ७ देखि दिने

बङ्गलादेश सरकारले अप्रिल ७ देखि आम नागरिकका लागि देशभर कोभिड–१९ विरूद्धको दोस्रो खोपको मात्रा दिने निर्णय मङ्गलबार गरेको छ ।

यी चार महिनामा जन्मिने महिलामा हुन्छ लक्ष्मीको रुप

हिन्दु परम्पराअनुसार महिलालाई लक्ष्मीको रुपमा लिने प्रचलन रहेको छ । लक्ष्मीलाई धनकी देवी भनेर पुजा गर्ने गरिन्छ । त्यसकारण यी चार महिनामा जन्मिएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी:

फागुन १२ गते बुधबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन १२ गते बुधबार। आजको तपाईंको राशिफल

[sidebar name="button post"]