कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

शुक्रबार नेपालमा थप ९७ जना कोरोना संक्रमित

शुक्रबार नेपालमा थप ९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ।

कर्मचारी एवं पत्रकारको क्षमता विकास र वृत्तिविकासका लागि मन्त्रालयले सहयोग गर्ने : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले राष्ट्रिय समाचार समिति (रासस)लाई सुदृढ, प्रभावशाली एवं सूचना स्रोत वा बैंकका रुपमा स्थापित गर्न चाहेको बताउनुभएको छ ।

दाहालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

हवाई भाडामा वृद्धि

हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।

छनोटमा परेका पर्यटकीय क्षेत्रबाट पलाएको आशा

गत वर्षमा भ्रमण वर्ष–२०२० का अवसरमा सरकारले १०० पर्यटकीय क्षेत्र छान्यो । नयाँ पर्यटकीय क्षेत्र भन्दै सरकारले पर्यटकीय क्षेत्र छनोट गरे पनि कोरोनाले भ्रमण वर्ष त्यति फलदायी हुन सकेनन् ।

राजेश झा प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त

सम्माननीय राष्ट्रपति विधादेवी भणडारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, राैतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ।

अनुदानमा ९० किसानले पाए हाते ट्र्याक्टर

पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो ।

अफगानिस्तानमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा सात लडाकू मारिए

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ ।

बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै

कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै लैजान थालेको छ ।

महाशिलाको मुख्य स्थायी केन्द्र सारिने

सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह गठन भएपछि वडा नं ३ बालाकोटमा तोकिएको पर्वतको महाशिला गाउँपालिकाको स्थायी केन्द्र परिवर्तन गरिने भएको छ ।

एशियाकै पहिलो चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ ।

पाकिस्तानको दक्षिणी वजिरिस्तानमा पाँच सैनिकको हत्या

पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ ।

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ ।

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ ।‘अमेरिकी पर्सीभीअरेन्स’ नाम दिइएको यानले शुक्रबार बिहान २ बजेर ४० मिनेटमा मंगलग्रहको सतह छोएको हो ।

थाहापाउनुहोस् आँसु किन आउँछ ?

चित्त दुखेका बेला अनि खुसी भएको बेला पनि आँसु आउने गर्दछ। कस्तो अवस्थामा आँसु आउँछ भन्ने बारे तपाईले थाहा पाउन जरुरी हुन्छ।

सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली

संविधानको परिपालनामा सरकारको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै उहाँले सरकारबाट लोकतन्त्रमा कुनै खतरा नरहेको प्रष्ट पार्नुभयो ।

शहीदको सपना पूरा गर्छौँ : शेरधन राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पेरिस डाँडामा बसेको बैठकपछि केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू

पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ।

राष्ट्रिय समाचार समितिको ६० औँ वार्षिकोत्सवमा १२ राससकर्मीलाई ‘दीर्घ सेवा पदक’

राष्ट्रिय समाचार समिति (रासस) मा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको छ ।

कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण सफल

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् ।

घट्यो सुनको मूल्य, आज तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

अनेक हण्डरठक्करबाट हुर्केको व्यक्तित्व विरबहादुर धिमाल : जसले २५ वर्ष शिक्षणमा बिताउनुभयो

विरबहादुर धिमाल शिक्षाको ज्योती छर्दै अगाडि बढ्दै हुनुहुन्छ । जीवन यात्रामा उहाँको संर्घषको कहानी छ, तर संर्घषसँग जुध्दै अघि बढ्दै गर्दा उहाँले धेरै हण्डरठक्कर खानुभयो । तर यात्रा निरन्तर छ ।

कसैले पनि अपराधलाई राजनीतिकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नु हुँदैन : नेता साउद

नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताउनुभएको छ ।

भागरथीको मृत्यु भएको १७ औँ दिनमा आज अन्तिम दाहसंस्कार गरिँदै

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै हो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने कोरियाको तयारी

दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ ।

७१औँ प्रजातन्त्र दिवस : आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

भारत सरकारको अनुदान सहयोगमा बन्ने विद्यालयको शिलान्यास

भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

राष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताउनुभएको छ ।

‘निर्वाचनमा सबै, सधैं, सँगै’ : निर्वाचन आयोगले आज पाँचौँ निर्वाचन दिवस मनाउँदै

‘निर्वाचनमा सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले शुक्रबार पाँचौँ निर्वाचन दिवस मनाउँदैछ ।

आज फागुन ७ गते शुक्रबार , महा लक्ष्मीदेवीको दर्शन गरि हेर्नुहोस् तपाईंको राशिफल

आज मिति वि.सं. २०७७ साल फागुन ०७ गते । शुक्रबार इ.स.२०२१ फेब्रुवरी १९ तारिक । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेटमा,सूर्यास्त १७ बजेर ५६ मिनेटमा । प्रजातन्त्र दिवस ।
[sidebar name="button post"]