मानिस तथा पशुपंक्षीको पनि आँखा प्राय रसाइरहेको देखिन्छ।
चित्त दुखेका बेला अनि खुसी भएको बेला पनि आँसु आउने गर्दछ। कस्तो अवस्थामा आँसु आउँछ भन्ने बारे तपाईले थाहा पाउन जरुरी हुन्छ।
जाडो मौसममा चल्ने हावाले आँखा सुक्खा हुँदै जान्छ।आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ।
आँखामा आँसु उत्पादन गर्ने ग्रन्थि, आइलिड ग्रन्थि हुन्छ। जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ। आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ। आइलिड ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ साथै आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुने गर्दछ।
हाम्रो शरीरका नाकलगायत अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ। यसरी पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा पनि आँखाबाट आँसु बग्ने गर्छ।
आँसुमा हुने पदार्थ जस्तै–तेल नुनको ब्यालेन्स नमिल्दा आँखाबाट अनावश्यक पानी बग्ने गर्छ। जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ।








