Ad #144479

आजका मुख्य समाचारमा

नेप्सेमा हरेक दिन नयाँ–नयाँ रेकर्ड, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

१२ माघ, काठमाडौं ।  हरेक दिन नयाँ–नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दापनि नटेर्ने ओलीकाे ठोकुवा

प्रधानमन्त्री केपी ओलीले सरकारले प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दापनि नटेर्ने ठोकुवा गरेका छन् ।

ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले ‘प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्नेहरू देश विरोधी हुन्’ भन्‍ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

आज देशभर कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २३० जनामा कोरोना संक्रमण भएको हो ।

कमला ह्यारिस : उच्चस्तरमा पुग्ने पहिलो अमेरिकी महिला

संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी हुनुभएको छ । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बन्नु भएको छ ।

प्राकृतिक प्रकोपबाट चार लाख ८० हजारको मृत्यु

यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । हालै सार्वजनिक एक मूल्याँकन प्रतिवेदनले जलवायु परिवर्तनले मानवको अस्तित्वमा नै खतरा उत्पन्न गराइरहेको औंल्याएको छ ।

‘नबोल्ने बालबालिकाका लागि बोली दिने’ तीर्थस्थल लाटी बाराही

आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।

‘अजर–अमर गीत’ का सर्जक : गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।

आठ जिल्लामा एकैसाथ खोप अभियान शुरु गर्ने निर्णय

प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ ।

नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

हवाइजहाजको आकाश यात्रामा सधै व्यस्त रहने नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ का पाइलट पदमार्ग सफाइमा जुटेका छन् ।

स्याउ खेतीप्रति बढ्दो आकर्षण, जुम्लाका किसानलाई भ्याइनभ्याइ

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ ।

फाइजरको भ्याक्सिनलाई अस्ट्रेलियाले दियो स्वीकृति

अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ ।

चिन्तित हुम्लीहरू हिउँ परेपछि खुशी

हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् ।

केपीले जत्रो सभा गरेपनि पञ्च र्‍याली भन्दा फरक हुँदैन : प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली प्रतिक्रान्तिकारी भइसकेको बताएका छन् ।  सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले ओलीले कलंकको टीका लगाइसकेको बताएका हुन् ।

सोमबार पनि सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर

नेपाली बजारमा सुनको भाउ सोमबार पनि सामान्य घटेको छ ।

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

१ महिनासम्म लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा भएको छ । यही माघ १५ गते हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन् ।

प्रचण्ड-माधव समूहद्धारा तेस्रो चरणको आन्दोलन घोषणा

नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु, दाउरा बालेर आगो ताप्नेहरु बढे

जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईमा जिल्लामा चिसो धरै बढेको जनाएको छ । हिजो बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको महाशाखाको मौसमी बुलेटिनमा मार्फत जनाएको हो ।

आज मिति वि.सं. २०७७ साल माघ १२ गते सोमबार, कस्तो छ तपाईं राशिफल ?