Ad #144479

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दापनि नटेर्ने ठोकुवा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनीहरुको सिङ फुक्लिसके, यिनले केही गर्नेवाला छैनन्, तिग्रा नठटाए हुन्छ, कसैले टेर्नेवाला छैनन् भनेका छन् ।

आमसभामा बोल्दै ओली अदालतलाई धम्क्याउन नपाइने भन्दै उनले निर्वाचन आयोगको निर्णयले पार्टी नटुक्रिएको सन्देश दिएको पनि तर्क गरे । ओलीले फरक प्रसङ्गमा अदालतमा जेष्ठ अधिवक्तालाई किन दुःख दिएको भनेर दिएको अभिव्यक्तिलाई बंग्याएर अदालतको मानहानीको रुपमा ब्याख्या गर्न खोजिएको समेत दावी गरेका छन् ।

सो क्रममा ओलीले निर्धारित मितिमा चुनाव भइछाड्ने भन्दै नेता कार्यकर्तालाइ चुनावको तयारीमा लाग्न समेत निर्देशन दिए ।
ओलीले दाङको घोराहीलाई औद्योगिक क्षेत्र बनाउने गरि आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको पनि सो क्रममा जानकारी दिए ।