आजका मुख्य समाचारमा
नेपाली कांग्रेसले शनिबार देशभर विरोध प्रदर्शन गर्ने
संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ । काग्रेसका सभापति शेरबहादुर देउवाले कार्यक्रममा सक्रिय सहभागी हुन अपील गरेका छन् ।
नेकपाको एउटा गुट सरकारमा, अर्काे गुट सडकमा
नेपाली कांग्रेससँग संयुक्त रुपमै आन्दोलन गर्न औपचारिक प्रस्ताव गर्न हिजो सभापति शेरबहादुर देउवा निवास पुगेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल रित्तै हात फर्के । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई चिरा परेको नेकपा कानूनी रुपमा एउटै रहेको यथार्थ देउवाले प्रष्ट्याएपछि प्रचण्ड – नेपाल नयाँ रणनीति बनाउन लागेका छन् ।
२४ घण्टा यता कति थपिए कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?
नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ।
ओलीले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक हो की असंवैधानिक ?
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक हो की असंवैधानिक ? राजनीतिक वृत्तमा मात्र होइन, न्यायिक क्षेत्रमा समेत यो विवादित बनेको छ । सर्वाेच्च अदालतले यसको निक्र्याेल गर्न सुनुवाई जारी राखेको छ ।
‘नागरिक एप्स’ को प्रयोगबाट भ्रष्टाचार अन्त्य हुने विश्वास : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताउनुभएको छ ।
पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
देशभरका प्रयोगशालामा ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप २ सय ७० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
आज कति थपिए काठमाडौँ उपत्यकामा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३४ जनाको मृत्यु
इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ ।
मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
कोभिड– १९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारबाट सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
काेराेनाका कारण बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर
बेलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो ।
उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा ल्याइने, अन्य उद्योगसँग प्रतिष्पर्धी बनाउने मुख्य योजना
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार सम्हाल्नुभएको छ । उहाँको नियुक्तिसगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ । गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका न्यौपानेलाई उदययुर सिमेन्ट उद्योगमा चारवर्षे कार्यकालका लागि महाप्रबन्धका रुपमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
कर्नाटकमा मिनीबस र ट्रक आपसमा ठोक्किँदा एघारको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइए अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्काे एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।
७७ वर्षीय वृद्ध व्यावसायिक कागती खेती गर्दै
प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाउनुभएको छ ।
अब अमेरिकी लगानीकर्ताले साओमी किन्न नपाउने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनको सरकारी कम्पनी चाइना नेशनल आयल कर्पोरेसन र मोबाइल फोन निर्माता साओमीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।
सुन्तला सुरक्षित गर्न सेलार स्टोर भएपछि कृषकमा नयाँ उत्साह
कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन ९सेलार स्टोर० निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो ।
चितवन मेडिकल कलेज राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै
जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो ।
अब वाग्मती प्रदेश प्रहरीद्वारा टेलिभिजन कार्यक्रम सञ्चालनमा
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरीले गरेको गतिविधिलाई जनतासामु सार्वजनिक गर्न पाक्षिकरूपमा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याएको छ । प्रदेश राजधानी हेटौँडाबाट सञ्चालनमा आएको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीमार्फत हरेक महिनाको १ र १५ गते प्रसारण हुने गरी कार्यक्रम प्रसारण आरम्भ गरेको हो ।
हेटौँडामा आगामी माघ ५ गतेबाट भेट्रान्स कप राष्ट्रिय फुटबल हुने
हेटौँडामा आगामी माघ ५ गतेबाट १० गतेसम्म हेटौँडा भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटाैँ संस्करण २०७७ हुने भएको छ । हरेक वर्ष हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगितामा यो वर्ष देशभरिका करिब २० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
सार्वभौमिकताको रक्षाका लागि राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताउनुभएको छ । थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो’गाई वर्ग’को अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशमा विकसित पछिल्लो घटनाक्रमले राष्ट्रिय एकताको आवश्यकता अझ बढेर गएको बताउनुभयो ।
लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन पक्राउ
ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ ‘लिम्बू’, फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा नै बसोवास गर्दै आएका भारतीय नागरिक अन्दाजी ३० वर्षीय रुपन साह भनिने मनोज साह रहेका छन् ।
पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न पदयात्रा
तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार पदयात्रा गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्रा सम्पन्न गरेको हो ।
तीन लाख भक्तजनले देवघाटमा स्नान गरे
माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए ।











