काठमाडौं। पछिल्लो समय निकै चर्चामा रहेको रियालिटि शो ‘कमेडी च्याम्पियनको सिजन २’ प्रशारणको तयारीमा छ।
शोका लागि २४ जना प्रतिस्पर्धी छानिइसकेका छन्। जसमा एक प्रतिस्पर्धीको प्रस्तुती भने भारतीय कमेडीसँग हुबहु मिलेपछि तपेश्वर सिंहकोलाई हटाइएको छ।
डिजिटल अडिसनमार्फत छानिएका उनीहरूको प्रस्तुती क्लिप भिडियो सार्वजनिक भइरहेको छ। सिंह गोल्डेन माइक समेत जितेर प्रतिस्पर्धामा प्रवेश गरेका थिए। उनलाई निष्काशन गरिएसँगै उनको गोल्डेल की पनि फिर्ता गरिएको छ। अरूको सिक्ने तर, सिर्जना गर्दा नितान्त व्यक्तिगत हुनुपर्ने भन्दै अरूको कन्टेन कपी गर्दा समस्या हुने च्याम्पियनले जनाएको छ।
शोको निर्णायकमा सिजन-१ कै हास्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेल तथा निर्देशक प्रदीप भट्टराई र नायिका ऋचा शर्मा हुने छन्।
[sidebar name="button post"]









