Ad #144479

२२ पुष, काठमाडौं । परिवर्तन विशेष सम्मानबाट चलचित्र निर्देशक बिश्वदीप घिमिरे सम्मानित हुनुभएको छ । हरितारा चलचित्र पुरस्कार एवम् श्री दुर्गा देबि-पुण्य निरौला स्मृती तथा परिवर्तन सम्मान-२०७७ कार्यक्रमको एक विशेष समारोहका साथ आयोजक सस्था परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा निर्देशक घिमिरे सम्मानित हुनुभएको हो ।

बि।स २०५६साल देखि निरन्तर रुपले परिवर्तन नेपालसग आवद्ध रहि रङमन्च,टेलिभिजन तथा नेपाली चलचित्रमा लेखन,निर्देशन तथा अभिनय कला देश र जनतामा प्रस्तुत गरि चलचित्र क्षेत्रको संरक्षण,बिकासमा पुराउनु भएको योगदान र नियमितताको उच्च मुल्यांकन गर्दै चलचित्र निर्देशक बिश्वदीप घिमिरेलाई परिवर्तन विशेष सम्मानद्वारा सम्मानित गरिएको आयोजकले जनाएको छ ।

आफ्नो सृजनाको माध्यमबाट र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको पहिचान पुराउन गर्नुभएको योगदान स्वरुप निर्देशक घिमिरे सम्मानित हुनु भएको केन्द्रिय अध्यक्ष मोहन निरौलाले बताउनुभयो । परिवर्तन विशेष सम्मान कार्यक्रम परिवर्तन नेपालले बार्षिक रुपमा गर्दै आइरहेको छ ।