कुराकानी गरिरहनु मानसिक स्वास्थ्यको लागि उपयुक्त

९ पुष, काठमाडौं । अहिले दिनदिनै मौसम चिसो हुँदै गइरहेको छ । यो वर्षको चिसो समयको अरुबेलाको भन्दा भिन्न छ । कोरोना भाइरसको जोखिमका कारण भेटघाट र जमघट तुलनात्मक रुपमा कम छ भने लामो समयको घरभित्रको बसाइँका कारण विक्षिप्त बनेको मानसिक अवस्थालाई चिसो मौसमले झनै समस्या सिर्जना गराउन सक्छ ।

दैनिक क्रियाकलापको अर्थ हरेक दिन बाहिर नै कुद्नुपर्छ भन्ने होइन । दैनिक मध्यमस्तरको शारीरिक व्यायाम गर्नु स्वास्थ्यका लागी फाइदा हुने छ । अध्यनले भनेको छ, व्यायामले मुडलाई ताजा गराउन र चिन्ता÷उदासीनता जस्ता लक्षणलाई कम गर्नको लागि पनि मद्दत गर्ने गर्छ ।

यस्तै अर्को महत्वपूर्ण कुरा हो, कुराकानी गरिरहनु मानसिक स्वास्थ्यको लागि उपयुक्त हुन्छ । साथीसँग होस् या घरपरिवारका सदस्यहरुसँग नै किन नहोस् । बढी त आफ्नो मिल्ने साथीसँग कुरा गरिरहँदा तपाईभित्र उत्पन्न हुने चिन्ता र उदासीनताको भावनालाई कम गर्न यसले मद्दत गर्ने गर्छ ।संज्ञानात्मक व्यवहार थेरापीले वास्तवमै हाम्रो मस्तिष्कको तारलाई परिवर्तन गर्न सक्छ भन्ने विभिन्न वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको छ ।

अनुसन्धानले सुझाव दिएको छ कि दयालु व्यवहारले तपाईको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकारात्मक भूमिका खेल्छ । जीवनमा गरेका ठूला प्रयासहरुको असफलताबाट दुःखी हुने होइन । ठूला लक्ष्यहरू वा माइलस्टोनको पछि लाग्नुको सट्टा साना चीजहरूमा आनन्द खोज्न सकिन्छ ।

यस्तै अर्को कुरा हो, भविष्यको बारेमा सोचेर चिन्ता गर्नुको सट्टा वर्तमानमा ध्यान केन्द्रित गर्नाले भावनात्मक रुपमा समृद्ध बन्न सहयोग पुग्ने गर्छ । यस प्रकारको जागरूकताले हामीलाई तनाव वा चिन्तामा डुबाउन मद्धत गर्छ । हामीलाई सबैसँग राम्रोसँग व्यवहार गर्न मद्दत गर्छ । जसले हामीलाई डिप्रेसन या मानसिक समस्याबाट मुक्त गराउन मद्धत गर्छ । त्यसैले सास फेर्दा पनि ध्यान दिएर फेर्ने हो भने यसले मानसिक रुपमा तनाव र चिन्तालाई कम गर्न मद्दत गर्छ ।

पछिल्लो समय मानसिक समस्याको मुख्य कारण भनेको मोबाइल, ल्यापटप, टेलिभिजन जस्ता प्रविधिको बढी प्रयोग पनि हो भन्ने मान्यता छ । यी उपकरणहरुको आवश्यकभन्दा बढी प्रयोग नै आजको दिनमा मानसिक समस्याको मुख्य कारण मान्ने गरिएको छ ।

त्यसैले हामी अनलाइन दुनियाँमा हराउँदै जाँदा अफलाइन दुनियाँलाई भुल्दै गयौं भने यसले पनि हाम्रो मानसिक समस्यालाई बढाउने गर्छ । विशेष गरी जब मान्छेहरु बढी सामाजिक सञ्जालमा भुल्ने गर्छन् । यसले मान्छेमा सामुदायिक प्रतिस्पर्धाको अवस्था सिर्जना गराउँछ । जसले गर्दा मान्छेमा मानसिक समस्या बढ्ने गर्छ । यही मानसिक स्वास्थ्यमा समस्या आएपछि उदासीनता, चिन्ता र एक्लोपना बढी हुने गर्छ ।

[sidebar name="button post"]