Ad #144479

८ पुष, काठमाडौं । सन् २०२० को अन्तिम तिर आइरहँदा यो बर्ष सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुमा को पर्छ होला अनुमान लगाउनुस त ?  यो बर्ष सन् २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुको पहिलो स्थानमा परेकी छिन्, मोडल तथा व्यापारी काइली जेनर, उनले यो बर्ष ५९० मिलियन डलर कमाएकी छिन् ।

विश्वका धनाढ्यहरुको आम्दानी सार्वजनिक गर्दै आएको चर्चित म्यागेजिन फोब्र्सले सन् २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुको नाम सार्वजनिक गरेको हो । जेनरले जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेकी थिइन् ।

काइलीले लामो समयदेखि आफ्नो व्यवसायको बिषयमा अतिरञ्जित कुरा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले शेयर विक्री गरेपछि उनको कम्पनीको वास्तविक मुल्य सार्वजनिक भएको थियो ।

यस्तै, व्यापारी तथा ¥यापर कान्ये वेष्ट १७० मिलियन डलर कमाई गर्दै यो सूचीको दोश्रो स्थानमा छन् । उनले गीतसंगीतको साथै विश्वकै चर्चित ब्रान्ड एडिडाससँगको सहकार्यमा यो रकम कमाएको फोब्र्सले उल्लेख गरेको छ । सर्वाधिक कमाउने सेलिब्रिटीको टप १०० को सूचीमा बलिउड नायक अक्षय कुमार मात्र परेका छन् ।